+

लोपेटेगी सेभियाको प्रशिक्षकमा नियुक्त

२०७६ जेठ  २१ गते १९:२३ २०७६ जेठ २१ गते १९:२३
लोपेटेगी सेभियाको प्रशिक्षकमा नियुक्त

२१ जेठ, काठमाडौं । स्पेनिस क्लब सेभियाले जुलेन लोपेटेगीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सेभियाले मंगलबार रियल मड्रिडका पूर्व प्रशिक्षक लोपेटेीगीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्ति गरेको घोषणा गरेको हो । ५२ वर्षीय लोपेटेगीसँग सेभियाले तीन वर्षका लागि सम्झौता गरेको हो ।

रियल मड्रिडले खराब प्रदर्शन गरेपछि उनलाई हटाएको थियो । यता, सेभियाले प्रशिक्षक पाब्लो म्याचिन र जोएक्युन कापारोसको स्थानमा लोपेटेगीलाई नियुक्त गरेको हो ।

स्पेनिस ला लिगा फुटबलमा सेभियाले यो सिजन छैटौ स्थानमा लिग टुंग्याएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय