Comments Add Comment

व्यवसायिक साझेदारको शसक्तीकरणका लागि माईक्रोसफ्टको कार्यक्रम

२२ जेठ, काठमाडौं । कम्प्युटर विज्ञानको क्षेत्रमा मानिसहरुको सहभागीता बढाउन माईक्रोसफ्टले बुधबार विश्वव्यापी पहल ‘आवर अफ कोड’ आयोजना गरेको छ । विद्यार्थी र शिक्षकहरुमा कम्प्युटर विज्ञान बारेको बुझाई अभिवृद्धी गर्ने अभिप्रायले ललितपुरको लुभूस्थित ब्लूम नेपाल स्कुलमा आयोजीत कार्यक्रममा सहभागीहरुलाई एक घण्टाको कोडिङ सत्रमा सामेल गराईएको थियो ।

नेपालमा माईक्रोसफ्टको आधिकारीक शैक्षिक साझेदार संस्था सोचवेयरद्वारा कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुका संचालीत कार्यक्रममा सहभागी हुन माईक्रोसफ्टकी साउथइस्ट एसिया न्यू मार्केट्स जनरल म्यानेजर सूक हून चेअहले काठमाडौं आएकी थिइन् ।

उनले भनिन्, ‘तपाईहरुमध्ये हरेक जनामा आफूनो लक्ष्य पुरा गर्न सक्ने क्षमता छ । यसका लागि तपाईहरुले आफ्नो जीवनका सकारात्मक पक्षहरुलाई हेर्न र मेहनत गर्नुपर्छ । यो सबै समुह कार्य, समस्या समाधान गर्ने सीप र सृजनशील हुनसँग सम्बन्धित छ । तपाईंहरुले अहिले हासिल गरिरहेको सीपले भविष्यमा सहयोग गर्छ र माईक्रोसफ्ट कर्पोरेसन ‘आवर अफ कोड’ कार्यक्रम यहाँ सञ्चालन गर्न र तँपाइहरुलाई सहभागीताको अवसर प्रदान गर्न पाउँदा अत्यन्त हर्षित छ । हामीलाई आशा छ यो कार्यक्रमले तँपाईहरुको क्षमता अभिवृद्धीका लागी सहयोग गर्नेछ जसबाट तँपाईहरु समुदायको हितका लागी अग्रसर हुन सक्नुहुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment