+
+
Shares

वातावरण मैत्री सवारीमा ग्लोबल आइएमई बैंकको विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते ६:१४

२२ जेठ, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवशको अवसरमा विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवशको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनकोखरिदमा वार्षिक ९।६ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध हुनेछ ।

उनले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने हुदाँ बैंकले यस किसिमको वातावरणमैत्री योजना ल्याएको बताए ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त समाज र वातावरण प्रति आफनो दायित्व निर्भाह गर्ने उद्देश्यले यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?