+
+
Shares

विश्वकप क्रिकेटका ३ सट्टेवाज पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २३ गते १५:३७

२३ जेठ, काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेवाजी खेलाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका बज्र लामा, विद्युत् प्रकाश लामा र रामेछापका उमेश कार्की छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार विजेश्वरी र न्यूरोडबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो ।

उनका अनुसार पक्राउ परेकाहरुले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित फुटबल लगायतका विभिन्न खेलकुद प्रतियोगितामा पनि सट्टवाजी खेलाउने गरेका थिए ।

उनीहरुको साथबाट एक लाख रुपैैयाँ नगद समेत बरामद भएको थापाले बताए ।

पक्राउ परेका व्यक्तिमाथि सट्टावाजी गर्न नहुने कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?