+
+

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, एकको मृत्यु, ४० घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २३ गते २२:४२

धनगढी । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।

हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए ।

ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । सुरक्षाकर्मीहरु उद्धारमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?