+
+
Shares

विश्वकप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते ८:३१

२४ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । पाकिस्तान र श्रीलंका दुवै टिम जितको खोजीमा हुनेछन् ।

दुवै टिमले पहिलो खेलमा भने हार ब्यहोरेका थिए । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा यता पाकिस्तान भने वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भने दवै टिमले जित हात पारेका थिए ।

पाकिस्तानले बलियो टिम मानिएको इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो ।

तुलनात्मक रुपमा श्रीलंकाभन्दा पाकिस्तान बलियो टिम हो । पाकिस्तानको बलिङ ब्याटिङ निकै राम्रो छ । यता, श्रीलंकाको भने ब्याटिङ एकदमै खस्किएको छ ।

पछिल्लो पाँच खेललाई हेर्ने हो भने पनि पाकिस्तान श्रीलंकामाथि हावी भएको देखिन्छ । सन् २०१७ मा भएको पछिल्लो एकदिवसीय क्रिकेट सिरिजमा पाकिस्तानले श्रीलंकालाई पाँचै खेलमा पराजित गरेको थियो ।

आज हुने खेलमा पाकिस्तानको ब्याटिङ रोक्ने नै श्रीलंकाको मुख्य लक्ष्य हुनेछ । किनभने पाकिस्तानको ब्याटिङ चलेमा जुनसुकै टिमले पनि हराउन मुस्किल पर्छ । पछिल्लो समयमा इंग्ल्यान्ड हार्नुको मुख्य कारण पनि यही थियो । ब्याटिङ लाइनमा पाकिस्तानको निकै राम्रो छ ।

फखर जमान र इमाम उल हकको जोडी ओपनिङमा आउँदा बाबर अजाम, मोहम्मद हफिज, सर्फराज अहमद, असिफ अली, सोइब मालिक जस्ता ब्याट्सम्यान मध्यक्रममा छन् ।

पाकिस्तानको बलिङ पनि राम्रो छ । मोहम्मद अमिर, शादब खान, हसन अली, वाहब रियाज जस्ता उत्कृष्ट लयमा रहेका बलर छन् ।

यता, श्रीलंकाको भने ब्याटिङ निकै खस्किँदो अवस्थामा छ । दिमुथ करुनरत्ने र कुशल परेराको जोडी ओपनिङमा आउने छन् । लाहिरु थिरिमाने, कुशल मेन्डिस, एन्जेले मेथेवस, धनन्जय डे सिल्भा जस्ता ब्याट्सम्यान भएपनि चल्न सकिरहेका छैनन् ।

बलिङतर्फ भने श्रीलंकाको राम्रै रहेको छ । विशेषगरी लासिथ मालिंगा श्रीलंकाका लागि बलियो पक्ष हो । थिसरा परेरा, नुवान प्रदीप, इसुरु उदना, सुरंगा लकमलजस्ता बलरले श्रीलंकाका लागि खेल जिताउन सक्छन् ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनञ्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?