Comments Add Comment

हुवावेलाई प्रयोगकर्ताको साथ, कम्पनीद्वारा ग्राहकलाई कुनै फरक नपर्ने ‘ग्यारेन्टी’

२४ जेठ, काठमाडौं । अमेरिकी सरकारले प्रतिबन्धहरू लगाएपछि गुगलले एन्ड्रोइड लाइसेन्स रद्द गरिदिँदा हुवावेले अप्ठेरो र जटिलाहरूको सामना गर्नुपर्यो । हुवावेका लागि पछिल्ला केही महिना महत्तवपूर्ण र उत्साहजनक थियो । मोबाइलफोनको बिक्रीमा उल्लेख्य वृद्धि भयो र सोही कारण हृवावे विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी बन्यो साथै यसको अग्रणी र नवीन फाइभजी प्रविधि अन्तर्राष्ट्रिय समाचारमा छाएको थियो ।

तर, अमेरिकी कदमपछि ग्राहक र प्रयोगकर्ताहरूको चिन्ता बढेपछि हृवावेले भने प्रतिरक्षात्मक देखिरह्यो र शर्तरहित साथ र भावी दिनमा पनि सेवा दिनेको प्रत्याभूति दिइरह्यो अनि हालैको घटनाक्रमबाट विचलित नभइकन दुई वटा नयाँ उत्पादनहरू- वाई फाइभ २०१९ र वाई सेभेन प्रो २०१९ फिंगरपि्रन्ट भर्जन सार्वजनिक गर्यो ।

अर्को प्रत्याभूति भनेको हालै ईएमयूआई नाइनको निरन्तर स्तोरन्नतिले गर्दा विश्वभर रहेका ८ करोड प्रयोगकर्ताहरु बढेर जून महिनाको अन्त्यसम्ममा १० करोड पुग्न्ने अनुमान गरिएको छ ।

त्यस्तै मेट ट्वान्टी प्रो एन्ड्रोइड क्यू बेटा अपग्रेडको सूचीमा सूचीकृत छ । त्यसैले हृवावेका ग्राहकहरुका लागि महत्तवपूर्ण कुरा के छ भने उनीहरुले प्रयोग गरिरहेका फोनको पूर्ण ख्याल गरिएको छ र खरिदकर्ताहरुले पनि चिन्ता गर्नुपर्दैन ।

अमेरिकी सरकारसँग हुवावेको सम्बन्धको इतिहासलाई केलाउँदा पहिलेदेखि नै असहज सम्बन्ध थियो र अमेरिकी सरकारले हुवावेलाई देशको राष्ट्रिय सुरक्षामा जोखिम बोकेको भन्दै इन्टटी लिस्टमा सूचीकृत गरेपछि सबैभन्दा खराब विन्दूमा पुग्यो ।

त्यसपछि गुगलले मे २० तारिखमा हुवावेको एन्ड्रोइड लाइसेन्स रद्द गरिदियो र भावी दिनमा सार्वजनिक हुने सबै उत्पादनहरूप्रतिको साथ पनि तोडिदियो ।

यद्यपि एन्ड्रोइडले एक विज्ञप्ति जारी गर्दै ‘गुगल प्ले र गुगल प्ले प्रोटेक्टको सेक्युरिटी भने विद्यमान हृवावे उत्पादनहरूमा काम गर्ने’ उल्लेख गरेको छ ।

हुवावेले तत्कालै उसको फेसबुक पेजमा प्रतिक्रिया दिँदै लेख्यो- हृवावेले संसारभर एन्ड्रोइडको विकास र पहुँचमा महत्तवपूर्ण योगदान पुर्याएको छ । एन्ड्रोइडको एउटा प्रमुख विश्वव्यापी साझेदारका रूपमा हामीले प्रयोगकर्ताहरू र मोबाइलफोन उद्योग दुवैलाई फाइदा पुर्याउने अवस्था निमार्ण गर्न ओपन-सोर्स प्लेटर्फमसँग निकट भएर काम गरेका छौँ । हृवावेले बिक्री भइसकेका तथा विश्व बजारमा अझै पनि बिक्रीका लागि स्टकमा रहेका स्मार्टफोन र ट्याब्लेट उत्पादनहरूमा सेक्युरिटी अपडेटहरू र आफ्टरसेल्स सर्भिस अर्थात् बिक्रीपछिको सेवा निरन्तर उपलब्ध गराउनेछ । विश्वभर रहेका प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न हामी निरन्तर सुरक्षित तथा दिगो सफ्टवेयर प्रणालीलाई निर्माण गर्ने कार्यमा जुटिरहनेछौं ।’

हुवावेले अमेरिकी कदमको निन्दा पनि गरेको छ र उसका उत्पादनहरूमाथि लगाइएको सरकारी प्रतिबन्धलाई गैरकानुनी भन्दै त्यसविरुद्ध कानुनी मुद्दा दायर गर्यो । हुवावेका प्रमुख कार्यकारी अधिकृत रेन जाङभेइले २१ मे तारिखमा एउटा पत्रकार सम्मेलनका क्रममा हुवावेमाथि लगाइएको ९० दिने अस्थाथी लाइसेन्स प्रतिबन्धको ‘खासै औचित्य नभएको’ र हुवावे पूर्ण तयारी अवस्थामा भएको बताए ।

यसका साथै उनले हुवावे कम्पनीसँग काम गरेको र पछिल्लो ३० वर्षमा कम्पनीको विकासमा सहयोग पुर्याएका अमेरिकी कम्पनीहरूप्रति कृतज्ञता प्रकट गरे ।

संयुक्त राज्य अमेरिका कानुनबाट शासित भएको देश भएकोमा पनि उनले जोड दिए। अमेरिकी कम्पनीहरूले नियमकानुन मान्नै पर्ने र त्यसैगरी वास्तविक अर्थतन्त्रले पनि कानुनको पालना गर्नुपर्ने  उनको भनाइ थियो ।

उनले भने,’अमेरिकी कम्पनीहरू र हुवावेले एउटै नियतिको सामना गर्नुपरेको विषय पनि संचारमाध्यमले बुझ्नुपर्छ । हामी दुवै बजार अर्थतन्त्रका खेलाडी हौँ । अमेरिकी कम्पनीहरूको हाम्रो निकट सम्बन्ध दुवै पक्षको कैयौँ दशकदेखिको प्रयासको प्रतिफल हो ।’

हुवावेका मोबाइलफोन प्रयोगकर्ताहरू र सम्भावित खरिदकर्ताहरूले उठाएका चिन्ताहरूका सम्बन्धमा कम्पनीले बजारमा हाल भएका हृवावेका सबै मोबाइल फोनहरूले केही समस्याको सामना गर्नुनपर्ने भनेर बारम्बार विश्वस्त तुल्याउँदै गुगल एपहरूमा अपग्रेडहरू उपलब्ध हुने र सामान्य अवस्थामै झै चल्ने बताएको छ ।

यसबीच प्रमुख कार्यकारी अधिकृत रेन जाङभेइले अमेरिकी टेलिभिजन सिएनबीसीसँगको अन्तर्वार्ताका क्रममा हृवावे कम्पनीले स्मार्टफोनहरू तथा कम्युटरहरूका लागि हङमेङ्ग नामक आˆनै अपरेटिङ सिस्टम विकास गरेको र आगामी जाडोयामसम्म संचालनमा आउनसक्ने बताए ।

नेपालको सन्दर्भमा हुवावे सन् २०१४ मा यहाँको बजारमा प्रवेश गरेको थियो र सामाजिक संजालहरूमा मानिसहरूले समर्थन र साथ व्यक्त गरेका छन् र अझैपनि नेपाली बजारमा दोस्रो ठूलो स्मार्टफोन ब्रान्डको स्थानमा रहेको छ ।

हुवावेका मोबाइलफोनबाट लिएका तस्वीरहरू सेयर गर्नमा प्रयोगकर्ताहरूले जोड दिने छन् र विभिन्न सामाजिक संजालहरूमा विशेषगरी फेसबुकमा रहेको हृवावे फ्यान क्लबमा निरन्तर र घण्टैपिच्छे पोस्टहरू राख्ने गरेका छन् ।

‘मानिसहरूबाट प्राप्त प्रतिक्रिया आश्चर्यजनक छैन किनकि कम्पनीले आफैँलाई विश्वव्यापी रूपमा एउटा अग्रणी सूचना प्रविधि प्रदायक कम्पनी आईसीटी सलुसन प्रोभाइडरका रूपमा स्थापित गर्दै विश्वका १ सय ७० देशमा र तीन अर्ब भन्दा बढी मानिसलाई सेवा पुर्याएको छ,’  कम्पनी भन्छ, ‘सबैभन्दा खराब अवस्था आएमा र अमेरिकी सरकारले हुवावेलाई इन्टटी लिस्टमा स्थायी रूपमा सूचीकृत गरेमा आत्तिनुपर्ने कुनै कारण छैन र भावी योजना दायर गरिएको कानुनी मुद्दामाथि निर्भर रहनेछ ।’

हालका लागि भने प्रयोगकर्ताहरूको मोबाइलफोनको निर्बाध संचालनका लागि कुनै खतरा नभएको विषय नयाँ फोनहरू वाई फाइभ २०१९ तथा वाई सेभेन प्रो २०१९ फिंगरपि्रन्ट भर्जन बजारमा सार्वजनिक हुनु र इएमयूआई स्तोरन्नतिले प्रमाणित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment