Comments Add Comment

तस्वीरमा हेर्नुहास् कलाकार संघको निर्वाचन

हुनत, नेपाली चलचित्रको विकास र विस्तारका लागि खोलिएका संघ संस्थाले निर्वाचन बाहेक अरु समयमा खासै गतिलो काम गर्न सकेका छैनन् । तर, निर्वाचनको समयमा भने संघसंस्थाको निर्वाचन कुनै संसदिय चुनाव भन्दा कम लाग्दैन ।
शनिबार सम्पन्न भएको चलचित्र कलाकार संघको निर्वाचनमा पनि यस्तै देखियो । राजनीति हाबी भएको कलाकार संघको निर्वाचनमा भोट हाल्नका लागि केही चिनिएका अनुहार पुगे ।

रविन्द्र खड्का अध्यक्षमा विजयी भएको निर्वाचनमा उपाध्यक्षमा रेजिना उप्रेती र सानुकुमार ताम्राकार विजयी भए । महासचिवमा चेतवहादुर सिंह, सचिवमा पनाहा अधिकारी, सह–कोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका थिए । कोषाध्यक्ष पदमा भने सुनिल कटुवाल निर्विरोध विजयी भएका थिए ।

कलाकार संघको निर्वाचनमा भोट हाल्नका लागि नायिका करिश्मा मानन्धर, शिल्पा पोखरेल, नम्रता श्रेष्ठ, वेनिशा हमाल, अनु शाह लगायत पुगे । यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि मतदाताको हिसाबले भोट हाल्न पुगेका थिए ।

कलाकार संघको निर्वाचन सकिएसँगै नयाँ कार्यसमितीले ३ बर्षका लागि कलाकारको हकहितका लागि काम गर्ने अवसर पाएको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment