+
+

‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २६ गते १३:१७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ ।

आइतबार काठमाडौंमा भएको कार्यक्रममा संघका अध्यक्ष भुवन भट्टले कार्ड वितरण शुभारम्भ गरेका हुन् । एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको पनि सुरुवात गरिएको अध्यक्ष भट्टले जानकारी दिए ।

कार्डबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था गर्न लागिएको एनआरएनले जनाएको छ । दुई वर्षसम्म नविकरण गर्न नपर्ने कार्डका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसरी जम्मा भएको सबै रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च हुने पनि अध्यक्ष भट्टले बताए ।

हाल एनआरएनएमा करिव ७० हजार सदस्यहरु आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?