
२६ जेठ, काठमाडौं । सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिंग्स तथा सुजुकी फोर ह्विलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ।
कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजार रुपैयाँ नगद छुट पनि प्रदान गरेको जनाएको छ।
कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ। कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ।
यसअन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास शिड्युलअनुसार पर्दछ। बजारमा नयाँ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीअनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो। यो अफरले न्यूनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ।
गाडीका विशेषता यस्ता छन्ः
७९३ सीसीको ट्विन सिलिण्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ। यसको ३२.६३ बीएचपीको ३५०० आरपीएम तथा २००० आरपीएमको अधिकतम ७५ एनएम को टर्क विद्यमान छ। एआरएआईका अनुसार यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । ८० किलोमिटर प्रतिघण्टाको दूरी तय गर्ने कम्पनीको दाबी समेत रहेको छ ।
सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने, ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइल चार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदि जस्ता सुविधाहरु यसमा रहेका छन् ।
१२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदि सुपर क्यारीका विशेषताहरु हुन्।
प्रतिक्रिया 4