Comments Add Comment

अष्ट्रेलियामाथि भारतीय जितको पाँच कारण

२७ जेठ, काठमाडौं । विश्वकपमा भारत र अष्ट्रेलिया भिड्दा धेरैलाई अनुमान गर्न गाह्रो थियो कि कसले बाजी मार्छ ?

एकातिर भारत राम्रो फर्ममा थियो भने अर्कातिर अष्ट्रेलियाले भारतसँग खेल्नुअघि लगातार १० खेल जितेको थियो । त्यति मात्र होइन, आईपीएलअघि भारतलाई उसकै घरेलु मैदानमा भएको एकदिवसीय सिरिज ३–२ ले जितेको थियो ।

इतिहास पनि उसकै पक्षमा थियो । विश्वकपमा हालसम्म भएको ११ भेटमध्ये ८ पटक अष्ट्रेलिया विजयी भएको थियो भने भारतले ३ पटक मात्र जितेको थियो ।

तर, आइतबार भारत ३६ रनले विजयी भयो ।

पहिलो कारण

भनिन्छ, क्रिकेटमा कुनै पनि टिमको दिशा र दशा ओपनिङ जोडीले तय गर्छ । भारतका रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरे, जसले अष्ट्रेलियाली बलरहरुको दबादबा तोडियो । रोहितले सुझबुझका साथ खेलेर ५७ रन बनाए भने धवनले ११७ रनको शतकीय पारी खेले ।

अर्कोतिर अष्ट्रेलियाका ओपनिङ जोडी डेभिड वार्नर र कप्तान एरोन फिन्चले मात्र ६१ रनको साझेदारी गरे । वार्नर ५६ र फिन्च ३६ रनमा आउट भए ।

दोस्रो कारण

भारतको आपनिङ जोडी मात्र होइन, शीर्ष र मध्यक्रमका ब्याट्सम्यानहरु चले र तीव्र गतिमा रन बज्यो । कप्तान विराट कोहलीले ७७ बलमा ८२ रन बनाए भने हार्दिक पाण्डेयले २७ बलमा ४८ रन जोडे । पावर प्लेमा रन रेट कम भएको भारतलाई यसले ठूलो राहत दियो र स्कोर ३५२ रनसम्म पुग्यो ।

अष्ट्रेलियाले बनाएको ३१६ रन पनि खराब प्रदर्शन होइन ।

तेस्रो कारण

भारतको जितको तेस्रो कारण हो, उसका ब्याट्सम्यानहरु विकेटमा टिकिरहनू । एक पटक शानदार सुरुवात पाउनासाथ शिखर धवनले आफ्नो पारीलाई शतकमा बदले ।

अर्कोतिर अष्ट्रेलियाका डेभिड वार्नरलाई राम्रो सुरुवात मिलेको थियो तर, शतकमा बदल्न सकेनन् । भारतको फिल्डिङ जबरजस्त रह्यो । उनीहरुले क्याचको कुनै मौका छोड्नन् ।

अर्कातिर अष्ट्रेलियालाई रोहित शर्माको क्याच छोड्नु महँगो सावित भयो । रोहितले त्यसबेला जीवनदान पाए, जतिबेला खेलको दोस्रो ओभर थियो ।

फिल्डिङमा पनि अष्ट्रेलियाको तुलनामा भारत राम्रो रह्यो । भारतले अष्ट्रेलियाका कप्तान एरोन फिन्च र मिचेल स्टार्कलाई रन आउट गरेको थियो ।

चौथो कारण

टस जितेर ब्याटिङको निर्णय लिनू ।

पछिल्लो समय एकदिवसीय क्रिकेटमा टस जितेर फिल्डिङ गर्ने चलन बढ्दो छ । तर भारतका कप्तान विराट कोहलीले टस जितेर ब्याटिङको निर्णय लिए, जुन सही सावित भयो । पहिला ब्याटिङ गरेर स्कोरबोर्डमा ३०० प्लेस रन लगाउन सकियो भने विपक्षी टिममाथि स्वतः दबाव पर्छ । चाहे उसको ब्याटिङ जति नै राम्रो किन नहोस् ।

पछिल्लो विश्वकप २०१५ को सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितका लागि ३२८ रनको लक्ष्य दिएको थियो तर सिंगो टिम २३३ मा समेटियो ।

पाँचौं कारण

भारतको जितको पाँचौं कारण बलरहरुको शानदार प्रदर्शन पनि हो । पूरै खेलमा उनीहरु दबावमा देखिएनन् । भुवनेश्वर कुमार र जसप्रीत बुमराहले लगातार विकेट लिइरहे । यही कारण अष्ट्रेलियाका ब्याट्सम्यानहरुले ठूलो साझेदारी बनाउन सकेनन् ।

भुवनेश्वर कुमार र जसप्रीत बुमराहले ३/३ विकेट लिँदा युजवेन्द्र चहलको नाममा २ विकेट रह्यो ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment