Comments Add Comment

उदयपुरका पत्रकार भन्छन्– समाचार ‘किल’ गर्ने शर्तमा ल्यापटप लिएको होइन

मै हुँ भन्नेहरुलाई शब्दकोष पढ्न सुझाव !

२८ जेठ, काठमाडौं । उदयपुरका पत्रकारहरुले नगरपालिकाबाट ल्यापटप उपहारस्वरुप लिएको समाचार यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । नगरपालिकाबाट ल्यापटप उपहार लिएकोमा आलोचनाका स्वरहरु बढ्दै गएपछि जिल्लाका पत्रकारहरुले यसबारेमा संयुक्त विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकाले २७ जना क्रियाशील पत्रकारलाई ‘प्रविधि हस्तान्तरण’ भन्दै ल्यापटप वितरण गरेको थियो । एक कार्यक्रमकाबीच मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेपछि यो घटना बहसमा आएको हो ।

तर, उदपयुरका पत्रकारहरुले भने समाचार ‘किल नगर्ने शर्तमा’ ल्यापटप लिएको प्रेस विज्ञप्तिमार्फत बताएका छन । सोमबार साँझ प्रेस चौतारी र प्रेस सेन्टर र प्रेस युनियन उदयपुरका तर्फबाट संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै नगरपालिकाबाट त्यसरी ल्यापटप उपहार लिनु पत्रकार आचारसंहिता विपरीत नभएको दाबी गरिएको छ ।

पत्रकारलाई ल्यापटप वितरण गर्न नगरपालिकाले बनाएको मापदण्ड

संयुक्त प्रेस विज्ञप्तिमा प्रेस चौतारीका अध्यक्ष गणेश उप्रेती, प्रेस युनियनका अध्यक्ष पर्शुराम थापा र प्रेस सेन्टर उदरयुरका अध्यक्ष तुलसीप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘खबरदारी गर्नुपर्ने पत्रकारलाई नगरपालिकाले प्रभावमा पार्न खोजेको र आचारसंहिता उल्लघंन गर्दै ल्यापटप लिएको होइन ।’

संयुक्त विज्ञप्तिमा ल्यापटप वितरणको बचाउ गर्दै प्रतिपश्न गरिएको छ, ‘प्रेस काउन्सिलले बाँड्ने प्रविधिगत सुविधाका बारेमा पत्रकार साथीहरु जानकार छैनन् ? त्यस्तो सुविधा उपभोग गर्ने सबै सरकारका ल्यापडग भएका छन त ? लोक कल्याणकारी विज्ञापन प्राप्त गर्नेहरु सबै ल्यापडग हुन् त ?

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हिमाल आरोहण, विदेश भ्रमण, कार्यक्रमहरुमा लिइने चन्दा सहयोग, कार्यक्रममा बाँडिने प्रायोजकका सामग्री लगायतका चिजबिजलाई के भन्ने ? उपहार वा दान वा सम्मान वा समाचार किल गर्ने सर्तमा लिइएको चिज ? मोफसलको पीडा नबुझ्ने गरी दुई महिनाअघिको बासी समाचारलाई अहिले उठान गर्नुपछिको नियत के ? विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरुको गुणगान गाउँदै भत्ता पचाउन हिँड्ने पत्रकारलाई चैं के भन्ने ? प्रश्न धेरै छन् । मै हुँ भन्ने पत्रकारहरु एजेन्सी चलाएर जिल्ला–जिल्लामा भिडियो डकुमेन्ट्री निर्माण गर्न हिँड्दा चैं पत्रकार आचारसंहिता उल्लघंन हुने कि नहुने ?’

नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका अध्यक्ष भरत खड्कालाई ल्यापटप हस्तान्तरण गर्दै मेयर बलदेव चौधरी

उदरपुरका पत्रकारका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, नगरपालिकाहरुले पत्रकारिताको विकास र प्रवद्र्धनका लागि विभिन्न शीर्षकमा छुट्याएको रकम उपहार ठान्ने भूल नगर्दा राम्रो हुन्छ । कसमेकम राजकीय प्रज्ञा प्रतिष्ठानको शब्दकोश पढेर उपहारको अर्थ बुझे राम्रो हुने थियो । उदयपुरमा मात्रै होइन देशैभरिका पालिका, महानगरहरुमा पत्रकारिता क्षेत्रको महत्व बुझेर पत्रकारिताको विकास र प्रवद्र्धनका लागि बजेट छुट्याउने गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment