Comments Add Comment

अनमोल र करिश्मासँग नम्रताको ‘ह्याङ आउट’

केही समय अगाडि नायिका नम्रता श्रेष्ठ नायिका अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ हेर्न पुगेकी थिइन् । नम्रता र अनमोलले सो समयमा आफूहरु नजिकको साथी भएको समेत उल्लेख गरेका थिए । नायक अनमोल केसीले नायिका नम्रता श्रेष्ठसँग ह्याङ आउट गर्ने गरेको सुनाएका थिए । आफूलाई नम्रता श्रेष्ठ खुबै मन पर्ने बताउँदै आएका नायक अनमोल केसीले चलचित्र क्षेत्रमा आफ्नो मिल्ने साथ नम्रता भएको पनि बताए ।

नायिका श्रेष्ठले पनि अनमोलसँग ह्याङ आउट गर्ने बताएकी थिइन् । अनमोल र नम्रताको यो खालको मित्रताले धेरैलाई अचम्मित तुल्याएको थियो । नायिका श्रेष्ठ नायक केसीसँग मात्र होइन, नायिका करिश्मा मानन्धरसँग पनि ह्याङ आउट गर्छिन् । नायिका श्रेष्ठका अनुसार, करिश्मा मानन्धर नभएको भए आज चलचित्र क्षेत्रले यो स्थान पाउँदैनथ्यो । उनले आफूहरुले काम गर्ने सहज वातावरण बन्नुमा करिश्माको ठूलो हात रहेको सुनाइन् ।

नम्रताले करिश्मासँग ह्याङ आउट गर्न रमाइलो लाग्ने सुनाइन् । करिश्मासँग निकै रमाइलो कुरा हुने उनको तर्क छ । नेपाली चलचित्रमा नायिकाहरु एक अर्कासँग नजिक भएर कमै मात्र गफिने गर्छन् । तर, केही नायिका छन्, जो आफ्नै सहकर्मी कलाकारसँग नजिक भएर रमाइलो गर्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment