+

एसीसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

२०७६ जेठ  २८ गते १८:१४ २०७६ जेठ २८ गते १८:१४
एसीसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

२८ जेठ, काठमाडौं । एसीसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट परिषद् (एसीसी)ले मंगलबार एसीसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । समूह ‘ए’मा नेपाल, चीन, सिंगापुर र म्यानमार रहेका छन् । समूह ‘बी’मा आयोजक मलेसियासँगै हङकङ, थाइल्यान्ड र भुटान रहेका छन् ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जुलाई २ तारिखमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो दोस्रो खेलमा नेपालले जुलाई ५ मा सिंगापुर र ६ तारिखमा चीनसँग खेल्नेछ ।

समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसीसी यू-१९ एसिया कप क्रिकेटमा भाग लिन पाउने छ ।

यस्तो छ खेल तालिका –

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय