Comments Add Comment

भारतका शीर्ष ब्याट्सम्यानलाई सस्तैमा आउट गर्नुपर्छः फर्गुसन

काठमाडौं । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले भारतविरुद्ध जित निकाल्न उसका अग्रपंतिका ब्याट्सम्यानलाई सस्तैमा आउट गर्नुपर्ने बताएका छन् ।

विश्वकप क्रिकेटमा भारत र न्युजिल्यान्डबीच बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा खेल हुनेछ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । भारत भने लगातार तेस्रो जितको खोजिमा हुनेछ ।

भारतलाई पराजित गर्न निकै गाह्रो रहेको भन्दै बलर फर्गुसनले भनेका छन्, ‘हामी विकेट लिने लक्ष्यमा हुन्छौं । तर यस्तो अवस्थामा रन धेरै बन्छ । म मान्छु कि भारतलाई पराजित गर्न उसको सुरुवाती ब्याट्म्यानलाई छिटै आउट गर्नुपर्छ । यदि यसो भएन भने कसिलो बलिङ गर्दै दबाब बनाउनु पर्छ ।’

जारी विश्वकप क्रिकेटमा ३ खेलबाट ८ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा फर्गुसन छन् ।

‘भारतीय टिमले उत्कृष्ट प्रदर्शन गरिहेको छ । त्यसैले त यो विश्वकपमा भारत उत्कृष्ट टिममा गनिन्छ । तर भारतको सामना गर्न हामी तयार छौं । लामो समयदेखि भारतसँग इंग्ल्यान्डमा हामीले खेलेका छैनौं’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment