Comments Add Comment

न्युजिल्यान्ड र भारतको खेलमा वर्षा ?

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल हुन्छ या हुँदैन ? त्यो केही बेरपछि नै थाहा हुनेछ । तर आज टे्रन्ट ब्रिजमा पानी पार्ने निकै प्रवल सम्भावना रहेको छ ।

दुबै टिम जित हात पार्ने लक्ष्यमा हुँदा आजको खेल निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ । तर यो खेलमा पनि वर्षा बाधक हुने सम्भावना छ । इएसपीएनक्रिक इन्फोका अनुसार आज मैदानमा ५० प्रतिशत पानी पर्ने सम्भावना रहेको छ ।

यदी पानी परेमा खेल नै रद्द हुने सम्भावना छ ।

अहिलेसम्म जारी विश्वकपका तीन वटा खेल वर्षाको कारण रद्द भइसकेको छ । श्रीलंका र पाकिस्तानबीचको खेल पानीको कारण रद्द भएपछि दुबै टिमले अंक बाँडेका थिए । अर्को दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि वर्षाको कारण रद्द भएको थियो । बंगलादेश र श्रीलंकाबीचको खेल सुरु हुनुभन्दा अघि नै वर्षा हुन थालेपछि रद्द भएको थियो ।

पानीको कारण खेलहरु रद्द हुँदै जादा विश्वकप नै खल्लो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment