Comments Add Comment

रियल मड्रिड आए मेन्डी

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली डिफेन्डर फर्ल्यान्ड मेन्डीलाई अनुबन्धन गरेको छ ।

रियलले बुधबार लियोनका २४ वर्षीय मेन्डीलाई ४७ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो ।

रियलले यसअघि बेल्जियम तथा चेल्सीका इडेन हजार्ड र सर्वियाका फरवार्ड लुका जोभिकलाई भित्र्याइसकेको छ । हजार्ड १५० मिलियन पाउण्ड र जोभिकलाई ५३ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

त्यस्तै मार्चमा पोर्टोका डिफेन्डर इडर मिलिटाओलाई ४२.७ मिलियन पाउण्डमा आफ्नो क्लबमा आबद्ध गरेको थियो ।

रियल मड्रिडले यो सिजन खराब प्रदर्शन गरेपछि टिममा ब्यापक परिवर्तन गर्न चाहेको छ ।

तत्कालिन प्रशिक्षक जिनेदिन जितदानले क्लब छोडेपछि र क्रिष्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्समा बेचेपछि रियलले एकपछि अर्को खेलमा खराब प्रदर्शन गरेको थियो । पुरानै लयमा फर्काउनका लागि रियलले पुनः जिदानलाई क्लबको मुख्य प्रशिक्षकको बागडोर सम्हाल्न दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment