Comments Add Comment

‘स्कीलअप च्यानल पार्टनर डेभ्लपमेन्ट कार्यक्रम’ सम्पन्न

३० जेठ, काठमाडौं । सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा लिको सहकार्यमा स्कील अप तालिम कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम सिप्रदिको विभिन्न च्यानल पार्टनरहरू आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवाबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि गरिएको ६ महिने तालिम कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य दक्ष र तालिम प्राप्त प्राविधिकहरू सिप्रदीको च्यानल पार्टनरमा गइ काम गरुन् जसले गर्दा नयाँ प्रविधि आएता पनि उनीहरुले सजिलो र छिटो छरितो कार्य गर्न सकून् भन्ने रहेको कम्पनी बताउँछ ।

तालिममा विभिन्न जिल्ला डडेल्धुरा, रामेछाप, धादिङ, दोलखा, बारा, आदिका प्रशिक्षार्थीहरूले भाग लिएका थिए । यसमा प्रशिक्षार्थीहरूको छनोट लिखित परीक्षा र इन्टरभ्युबाट भएको थियो भने सहभागी प्रशिक्षार्थीहरूको न्यूनतम शैक्षिक योग्यता एसएलसी/एसईई पास रहेको थियो ।

यस वर्षको स्कील अप तालिम कार्यक्रम डिसेम्बर २, २०१८ देखि मे ३१, २०१९ सम्म चलेको थियो । शुरूका ४५ दिन प्रशिक्षार्थीहरुलाई सिप्रदीको तालिम केन्द्रमा टाटा गाडीका विभिन्न टेक्नोलोजिको बारेमा Theoretica तथा Practical कक्षा सञ्चालन भयो भने त्यसपछि सिप्रदीकै विभिन्न वर्कशपमा अन द जब तालिमको लागि पठाइयो । तालिम सकेपछि प्रशिक्षार्थीहरूको लिखित परीक्षा र प्राक्टिकल परीक्षा पनि लिइएको थियो, जसमा सम्पूर्ण प्रशिक्षार्थीहरू उत्तीर्ण भएका थिए ।

तालिम पश्चात प्रशिक्षार्थीहरूले आफूलाई सिफारिश गरिदिएको च्यानल पार्टनरको वर्कशपमा कार्य गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment