+
+
Shares

गुठी विधेयकबारे कृषि समितिले विज्ञसँग छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १३:३८

३१ जेठ, काठमाडौं । संसदीय समितिले गुठी विधेयकमा देखिएका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको छ ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाव दिइरहेका बेला सोसम्बन्धी तथ्यहरु बाहिर ल्याउने गरी विज्ञहरुसँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

समितिको आगामी साता बस्ने बैठकमा विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग सो विधेयकका सम्बन्धमा छलफल गर्ने समितिको निर्णयमा उल्लेख गरिएको छ ।

समितिले भूमिसम्बन्धी आठौं संशोधन विधेयक आगामी आइतबार असार १ गते बिहान बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका पनि तय गरेको छ । त्यसैगरी असार २ गते सोमबार अपरान्ह ३ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिका पनि तय गरिएको समितिकी सभापति सुवेदीेले बताइन् ।

समितिले मंगलबार असार ३ गते विहान साढे ८ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने, असार ४ गते बुधबार अपरान्ह ३ बजे वातावरण संरक्षणसम्बन्धी विधेयकमाथि दफावार छलफल अघि बढाउने तथा असार ५ गते बिहीबार बिहान वन र असार ६ गते शुक्रबार अपरान्ह ३ बजे भूमिसम्बन्धी आठौं संशोधन विधेयकमाथि दफावार छलफल सुरु गर्ने पनि जनाएको छ ।

समितिमा तीन वटा विधेयक पेश गरिएको छ । ती सबै विधेयकमाथिको छलफल आगामी साताभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको पनि समितिकी सभापति सुवेदीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?