+
+
Shares

स्कुटरबाट झरेर नारायणीमा हाम फालिन् युवती

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३१ गते १८:२५

३१, जेठ, चितवन । दाजुको स्कुटर पछाडि बसेर आएकी एक युवती स्कुटरबाट झरेर नारायणीमा हाम फालेकी छिन् । युवती पुलको रेलिङ चढेर नदीमा हाम फालेकी प्रत्यक्षदर्शीहरुले बताए ।

पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै थिइन् । पुलमा सवारी चापका कारण केही भीडभाड भएका बेला उनी स्कुटरबाट झरेर नदीमा हाम फालेको

प्रत्यक्षदर्शीको भनाईलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

उनीहरु दुई जना मावली घर रजहरबाट फर्किदै थिए । नदीमा हराएकी युवतीको खोजी भइरहेको छ । सापकोटा गत फागुनमा मात्रै विहे गरेर चितवन आएकी थिइन् । उनको माइत कञ्चनपुरको महेन्द्रनगर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?