Comments Add Comment

नेपाल एयरलाइन्ससँग मन्त्रालयले माग्यो स्पष्टीकरण

३१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमसँग जापान उडान रद्ददेखि भएका जहाज किन संचालनमा नल्याएको भन्दै स्पष्टीकरण मागेको छ ।

मन्त्रालयले विहीबार निगमलाई पत्र पठाउँदै जापान उडान उद्द गर्नुपर्ने कारण माग गरेको हो ।

आन्तरिक उडानमा निगमले देखाएको ढिलासुस्ती र कर्मचारी व्यवस्थापनको अस्तब्यस्त अवस्थाका सम्बन्धमा पनि जवाफ मागेको छ ।

मन्त्रालय स्रोतका अनुसार जापान उडान रद्द भएको बारे निगमले मन्त्रालयलाई औपचारिक जानकारी गराएको थिएन । ‘तालुम मन्त्रालयलाई जानकारी नदिई उडान रद्द गरेको सम्बन्धमा जवाफ मागिएको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

यसबाहेक मन्त्रालयले निगमसँग आगामी योजनाका सम्बन्धमा पनि कार्ययोजना पठाउन आग्रह गरेको छ । अब नयाँ गन्तब्य कहिले थप हुन्छ, आन्तरिक उडान कसरी व्यवस्थापन हुँदैछ ।

पाइलट र कर्मचारीको सही व्यवस्थापन कसरी हुन्दैछ भन्ने सम्बन्धमा पनि कार्ययोजनाको खाका बनाएर पेश गर्न मन्त्रालयले निगम व्यवस्थापनसँग माग गरेको छ ।

यो पनि पढ्नुस्–

‘वाइडबडी’को जापान उडान : केही प्रश्न, केही सुझाव

अहिले निगमको कार्यकारी अध्यक्षका रुपमा मदन खरेल जिम्मेवारीमा छन् । उनी महाप्रबन्धक रहेकै समयमा खरिद गरेका ६ वटा चिनियाँ जहाज उडाउनुको साटो ग्राउण्डेड गरेर राखेपछि उनको नियतमाथि प्रश्न उठिरहेको छ ।

उता, लामो दूरी उडाउने लक्ष्यसहित किनिएका दुई वाइडबडी जहाज ए३३०-२०० जहाज नयाँ गन्तब्य नपाउँदा क्षमता अनुसार उड्न सकिरहेका छैनन् । अर्कोतर्फ निगम हरेक दिन लाखौं घाटामा संचालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment