Comments Add Comment

विरामीको मृत्युपछि सिटी हस्पिटलमा तनाव

Photo Credit : पुनहरि बेल्बासे

३२ जेठ, बुटवल ।  विरामीको उपचारका क्रममा मृत्युपछि सिद्धार्थनगर सिटी हस्पिटलमा तनाव उत्पन्न भएको छ ।

सियारी गाउँपालिका वडा नं ३ जङगहथ्थाका २६ वर्षीय वीरेन्द्र अग्रहरीको मिर्गौलाको डाईलासिस गर्ने क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो ।

अस्पतालको लापरवाहीका कारणले विरामीको मृत्यु भएको मृतकका दाजु सुरेन्द्र अग्रहरीले दावी गरे । जेठ २८ गते अस्पतालमा भर्ना भएका वीरेन्द्रको मिर्गौला रोग विशेषज्ञ डा. सुबोधकुमार पाण्डेले सोही दिन पहिलोपटक डाइलासिस गरेका थिए ।

दोस्रोपटक शुक्रबार डा. पाण्डेको अनुपस्थितिमा अन्य स्वास्थ्यकर्मीले डाईलासिस गर्ने क्रममा उनको मृत्यु भएको हो ।

मृतकका दाजु सुरेन्द्रका अनुसार शुक्रबार २ पिन्ट रगत चढाएर डाइलासिस शुरु गरिएकोमा अन्य बिरामी आएको भन्दै उनलाई छाडेर करिब ३ घण्टा पखाइएको र पुनः डाइलासिस नगर्दै सांझ ६ बजे तिर विरामीको मृत्यु भएको हो ।

मृतकका आफन्तले घटनाको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन् । अस्पतालका मेडिकल अफिसर डा. अमित चतुर्बेदीले भने उपचारमा अस्पताल र चिकित्सकको लापरवाही नभएको दावी गरे । अस्पतालमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment