+
+
Shares

पाकिस्तान र भारतबीचको खेल पानी परेपछि रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १ गते १८:४५

१ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तान र भारतबीचको खेल पानी परेपछि रोकिएको छ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा टस हारेर ब्याटिङ गरेको भारतले ४६.४ ओभरमा चार विकेटको क्षतिमा ३०५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।

भारत निकै बलियो स्थितिमा पुगेको छ । भारतको लागि ओपनर रोहित शर्माले शतक बनाउँदै उकासेका थिए । रोहितले १४० रन बनाएर आउट भए । उनले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए ।

पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गर्दै भारतलाई उकासेका थिए । त्यस्तै, विराट कोहली ७१ रनमा अविजित छन् । यता, हार्दिक पाण्ड्या भने २६ रनमा आउट भए ।

बलिङतर्फ मोहम्मद अमिरले दुई विकेट लिएका छन् ।

यदी पानी रोकिएमा भारत र पाकिस्तानबीचको खेल पुनः सुरु हुनेछ । तर पानी परिरहे दुबै टिमले अंक बाँड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?