Comments Add Comment

कोपा अमेरिका फुटबल : उरुग्वेको फराकिलो जित, पाराग्वेलाई कतारले रोक्यो

२ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको समूह सी को खेलमा उरुग्वेले इक्वेडरलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आज (सोमबार) बिहान भएको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोलअन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा निकोलस लोडेरो, इडिन्सन काभनी र लुइस स्वारेजले गोल गरे । त्यस्तै, एक गोल भने उपाहारस्वरुप पाएको थियो ।

खेलको छैटौं मिनेटमा नै निकोलसले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । काभनीले खेलको ३३औं मिनेटमा अर्को गोल थपेपछि उरुग्वेले दोब्बर अग्रता बनायो । ४४औं मिनेटमा स्वारेजले अर्को गोल गरेपछि इक्वेडरमाथि उरुग्वे पहिलो हाफसम्म ३–० गोलले अघि रहेको थियो ।

पहिलो हाफमै ३–० गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । तर योपटक भने उरुग्वेले उपहारस्वरुप गोल पाएको थियो । इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेपछि उरुग्वेले ४–० गोलको जित हात पारेको हो ।

त्यस्तै कोपा अमेरिका फुटबलमा पहिलोपटक सहभागिता जनाएको कतारले भने पाराग्वेलाई २–२ गोलको बराबरीमा रोकेको छ । दुई गोलले पछि परेको अवस्थामा कतारले गोल गर्दै बराबरी खेलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment