Comments Add Comment

चौका प्रहार गर्दै मेयरले भने –जय मधेश

२ असार, सप्तरी । दोस्रो सप्तरी प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटनमा राजविराज नगरपालिकाका मेयर र उपमेयरले बलिङ र ब्याटिङ गरे । उपमेयर साधना झाले गरेको बलिङमा मेयर शम्भु यादवले चौका प्रहार गरे ।

मेयरले चौका प्रहार गरेपछि अतिथीहरुले ताली बजाएका थिए । मेयर यादवले चौका प्रहार गर्दै भने, ‘जय मधेश ।’

सप्तरी प्रिमियर लिगको पहिलो सिजनमा पनि मेयर यादवले व्याटिङ गर्दै र उप मेयर झाले बलिङ गर्दै उद्घाटन गरेका थिए । त्यस बेला उपमेयरले मेयरलाई क्लिन बोल्ड गरेकी थिइन् ।

सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा बजाज खड्ग वारियर्सलाई ३३ रनले पराजित गर्दै बोदे बर्साइन थन्डरले विजयी शुरुवात गरेको छ ।

असार ८ गतेसम्म चल्ने प्रतियोगिताका विजयी टिमले २ लाख र उप विजेताले १ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा जिल्लाका पाँच टोलीको सहभागिता रहेको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment