Comments Add Comment

एमबाप्पे २०० प्रतिशत पीएसजीमै रहन्छन् – अध्यक्ष नासिर

३ असार, काठमाडौं । फ्रान्सेली स्टार खेलाडी केलियन एमबाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) मै रहने भएका छन् ।

एमबाप्पेले क्लब छाड्ने हल्ला चलिरहंदा क्लबका अध्यक्ष नासिर अल खेलाइफीले भने उनी पीएसजीमै रहने २०० प्रतिशत पक्का रहेको बताएका छन् । अध्यक्ष नासिरले फ्रान्स फुटबललाई अन्तरवार्ता दिदै भनेका छन्, ‘उनी जस्ता क्रेजी खेलाडीलाई म जान दिने छुइन ।’

मोनाको क्लबबाट पीएसजी आएका एमबाप्पेले क्लबका लागि ४३ खेलमा ३९ गोल गरेका छन् । २० वर्षीय एमबाप्पेले फ्रान्सलाई २०१८ को विश्श्वकप जिताउन ठूलो भूमिका खेलेका थिए ।

आफु पीएसजीमै रहनका लागि क्लबले थप जिम्मेवारी दिनुपर्ने आसय एमबाप्पेले राखेका थिए । त्यसो त उनी यो सिजनमा इंग्लिस क्लब लिभरपुल वा रियल मडि्रड जाने हल्ला चलेको थियो ।

अध्यक्ष नासिर भन्छन्, ‘उनी चाहन्छन् कि हाम्रो धैरै परियोजनामा समेल हौं । मैले उनीलाई त्यही जिम्मेवारीको बारेमा बुझाएको छु । तर उनले भनेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment