Comments Add Comment

‘लप्पन छप्पन २’को शुभसाइत, जोडिइन् नम्रता श्रेष्ठ

चलचित्र ‘लप्पन छप्पन’को दोश्रो सिक्वेल ‘लप्पन छप्पन २’ बन्ने भएको छ । यो चलचित्रको काठमाण्डौको कमलादी मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको हो । मुकुन्द भट्टको निर्देशनमा बन्ने यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, नम्रता श्रेष्ठ, सुरविना कार्की लगायतको मुख्य भूमिका छ ।

यो चलचित्रको छायांकन असारको ११ गतेदेखि सुरु हुने बताइएको छ । चलचित्रको छायांकन नेपाल, अष्ट्रेलिया र यूरोपमा हुनेछ । चलचित्रको रिलिज डेट समेत फाइनल गरिएको छ । यो चलचित्र अब फागूणको ९ गते रिलिज हुने भएको छ । नेपालबाट अपराध गरेर विदेश भागेको एक अपराधीको कथामा ‘लप्पन छप्पन’ बनेको थियो ।

‘लप्पन छप्पन’ बक्स अफिसमा असफल भएको चलचित्र हो । यसपटक निर्देशक मुकुन्द भट्टले एक्सन कथामा चलचित्र बनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment