Comments Add Comment

कप्तान केनको शतकमा न्युजिल्यान्डको जित, दक्षिण अफ्रिकाको चौथो हार

५ असार, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गरेको छ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई सहजरुपमा पराजित गरेको हो । यो हारसँगै दक्षिण अफ्रिकाको विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना भने लगभग सकिएको छ । तर अंक गणितीय हिसाबले दक्षिण अफ्रिकाको अझै झिनो सम्भावना छ ।

२४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४८.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । पानीको कारण ४९ ओभरमा छोट्याएको खेलमा न्युजिल्यान्डका लागि नायक बने कप्तान केन विलियम्सन । उनकै शतकमा न्युजिल्यान्डले जितेको हो । उनले १३८ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए । त्यस्तै, कोलिन डे ग्रान्डहोमले ६० रनको योगदान दिए ।

बलिङतर्फ क्रिस मोरिसले तीन विकेट लिए पनि दक्षिण अफ्रिकालाई हारबाट जोगाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रसिई भान डेर डुसेनले अविजित ६७ र हसिम अमलाले ५५ रन बनाए । बलिङतर्फ लोकी फर्गुसनले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment