
५ असार, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ५.९० अंकले सुधार भएर १ हजार २ सय ६४ दशमलव ३६ अंकमा पुगेको छ ।
यस अघि बुधबार सेयर बजार २ अंक बढीले ओरालो लागेको थियो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बिहीबार सुधार भएको छ । दिनभर भएका ५ हजार ३ सय ४२ कारोबारट १७१ कम्पनीका १३ लाख ७५ हजार ५ सय ४१ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ३७ करोड ५३ लाख १५ हजार २०४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ । यसअघि बुधबार ३० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट पहिलो नम्बरमा देखिएको छ । यसको ३ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4