+
+

पल्सर स्पोर्ट्स अवार्डलाई सरगमाथा सिमेन्ट र टर्किस एयरलाइन्सको साथ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ५ गते १७:५८

५ असार, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई सगरमाथा सिमेन्ट र टर्किस एयरलाइन्सले प्रायोजन गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार सगरमाथा र टर्किस एयरलाइन्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सिमेन्टका निर्देशक आदित्य संघाई र टर्किसका नेपाल जनरल म्यानेजर अब्दुल्लाहसँग छुट्टाछुट्टै सम्झौता गरेका हुन् ।

सम्झौताअनुसार सगरमाथाले स्पोट्र्स अवार्डलाई पाँच लाख रुपैयाँ प्रदान गर्नेछ । त्यस्तै, यता, टर्किस एयरलाइन्सले वर्षको उत्कृष्ट पुरुष र महिला विधाका विजेता खेलाडीलाई टर्किस एयरलाइन्सको सेवा भएको कुनै पनि गन्तब्यका लागि ५ लाख रुपैयाँ बराबरको दुईतर्फी टिकट उपलब्ध गराउनेछ ।

त्यस्तै, एयरलाइन्सले मञ्चका सदस्य र मञ्चको सिफारिसमा राष्ट्रिय खेलाडीलाई समेत हवाई टिकटमा १० प्रतिशत छुटको व्यवस्था गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?