Comments Add Comment

डीएसपी हुँ भन्दै सर्वसाधारण कुट्दै !

५ असार, काठमाडौं । नेपाल प्रहरीको नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै सर्वसाधारण कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका ३८ वर्षीय नारायण भन्ने भोला गौतम छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी शुशिलसिंह राठौरका अनुसार गौतमले प्रहरी पोशाकको फोटो समेत देखाएर धम्की दिने गरेका थिए ।

सार्वजनिक स्थानमा धम्की दिएपछि विकास बस्नेत र सुजन प्रसाईंले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । राठौरका अनुसार पौडेलले दुवै जनालाई पछारपछार गरेर कुटपिट गरेका थिए ।

उजुरीपछि अनुसन्धानका लागि पौडेललाई नयाँ बस्तीबाट पक्राउ गरिएको प्रहरीले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment