
५ असार, काठमाडौं । नवकिरण अनाथ असाहाय बाल उत्थान समाजलाई हिमालयन बैंकले खाद्यान्न सहयोग उपलब्ध गराएको छ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका २३ हात्तीवन स्थित ‘नवकिरण अनाथ असाहाय बाल उत्थान समाज’ का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।
बैंकले समाजका ४२ जना बालबालिकाहरुका लागि खाद्यान्नहरु (चामल, दाल, खाने तेल, चिउरा, चना, विस्कुट आदि) प्रदान गरेको छ । उक्त समाजले विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ बालबालिकाहरु तथा विभिन्न उमेर समुहका बालबालिकाहरुलाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेको छ ।
बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरे ।
बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4