+
+
Shares

रुपन्देहीमा जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते ८:०१

६ असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा जीपको ठक्करबाट शुक्रबार बिहान एक साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार बिहान पाँच बजे भएको दुर्घटनामा सैनामैना ५ बुद्धनगरका ५५ वर्षीय चन्द्रबहादुर थारुको मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ६ बजेतिर मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?