+
+
Shares

सौगात र श्रृष्टीको गज्जबको माया

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते ११:१५

नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्ल अहिले प्रेमको उचाइमा उडिरहेका छन् । सौगात र श्रृष्टीको माया हेर्दा लाग्छ, यी दुइ एक अर्काकै लागि बनेका हुन् । सौगात मल्लका कारण श्रृष्टीले निरन्तर चलचित्रमा काम पाइरहेको चर्चा पनि हुने गर्दछ । चलचित्र ‘मासु भात’पछि सौगात र श्रृष्टी अहिले चलचित्र ‘पोई पर्यो काले’ नामक चलचित्रमा काम गरिरहेका छन् ।

वुझिएअनुसार, सौगातकै कारण श्रृष्टी यो चलचित्रमा अनुवन्धित भएकी हुन् । सौगात र श्रृष्टी केही समयदेखि लिभिङ टूगेदरमा पनि छन् । एक अर्कालाई अहिलेसम्म ‘आई लभ यू’ भनेरै प्रेम प्रस्ताव नराखेको यो जोडी मायाको यात्रामा तरंगित छ ।

चलचित्रको छायांकन सेटमा श्रृष्टी र सौगातको लोभलाग्दो माया देखिएको छ । श्रृष्टी आफैले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीर हेर्दा पनि लाग्छ, यी दुई मायाको नयाँ परिभाषा कोरिरहेका छन् । श्रृष्टीले लेखेकी छिन्–‘हे कान्छा मलाई फूलको झुम्का लगाइदेउन’ । छायांकन सेटमा देखिएको यो प्रेम आशक्तीले पनि यी दुइ कुन गहिराइको प्रेममा पौडिरहेका छन् भन्ने वुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?