+
+
Shares

अस्वस्थ मानसिकताबाट बचौं, योग र ध्यान गरौं : प्रधानमन्त्री

‘लोभ, मोह र क्रोधबाट मुक्त हुन योग र ध्यान आवश्यक’ ‘लोभ, मोह र क्रोधबाट मुक्त हुन योग र ध्यान आवश्यक’
२०७६ असार ६ गते १२:४२

६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए ।

प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए । प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘यस्तो ज्ञान भूमिमा बस्ने हामी केही समय पछि परेका हौं, तर अब त्यो अवस्था रहँदैन ।’

अहिले देशलाई आवेश र उत्तेजनातिर लैजान खोजिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

‘योगाभ्यास तथा प्रवचन कार्यक्रम’मा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो । मानिस स्वस्थ रहनका लागि योगको निरन्तरता जरुरी छ ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘हामीले ५/६ हजार बर्ष पहिलेका मूर्तिहरु हेर्‍यौं भने पनि योगका विभिन्न आसन देखिन्छन् ।’

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा शिक्षा मन्त्रालयका तर्फबाट आयोजना गरिएको प्रवचन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र भारतीय राजदूत मञ्जीव सिंह पुरीसमेत अतिथिका रुमपा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?