+
+
Shares

इंग्ल्यान्डलाई श्रीलंकाले दियो २३३ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १९:०५

६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डविरुद्ध श्रीलंकाले २३३ रनको चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३२ रन बनाएको हो । खराब सुरुवात गरेको श्रीलंकाको मध्यम स्कोर बनाउन एन्जेलो मेथ्युजले अविजित ८५ रन बनाए । त्यस्तै, अविस्का फर्नान्डोले ४९, कुशल मेन्डिसले ४६ र धनन्जय डे सिल्भाले भने २९ रन बनाएर आउट भए ।

१.६ ओभरमा आफ्नो पहिलो विकेटको रुपमा कप्तान दिमुथ करुनरत्नेलाई एक रनमा गुमाएको श्रीलंकाले २.२ ओभरमा कुशल परेरालाई गुमाएको थियो । परेरा दुई रनमा आउट भएसँगै श्रीलंका दबाबमा आएको थियो ।

यता, जोफ्रा आर्चर र मार्क वोडले समान ३–३ विकेट लिदा आदिल राशिदले भने दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?