Comments Add Comment

तुरुन्तै निर्वाचन भए कांग्रेस पहिलो पार्टी : महामन्त्री कोइराला

बार्सिलोना । नेपाली काग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी भएको आरोप लगाएका छन् ।

नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले  भने, ‘बजेट पेश गर्दा स्थानीय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो । ३० देखि ३५ प्रतिशतसम्म मात्र बजेट दिएको छ । त्यसलै म यो सरकारलाई संघियता विरोधी सरकार भन्न चाहन्छु ।’ संघीयताको बाटो कांग्रेसले कोरेको उनको दाबी छ ।

पाँच वर्षमा वर्तमान सरकारले कुनै चमत्कार गर्न नसक्ने भन्दै उनले तुरुन्तै निर्वाचन भएपनि कांग्रेस पहिलो पार्टी बन्ने ठोकुवा गरे । कांग्रेसलाई आफ्नै अन्तरघातले मात्र हराउने गरेको भन्दै उनले अब एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जनसम्पर्क समितिको सुरुवात विशेश्वरप्रसाद कोइरालाले पहिलोपटक बम्बईमा आजभन्दा ४५ वर्ष अगाडि स्थापना गरेको महामन्त्री कोइरालाले स्मरण गरे ।  जनसम्पर्क समितिको क्रियाशिलताले काग्रेसलाई उर्जा थपेको उनले सुनाए ।

उपसभापति विमलेन्द्र निधिले विदेशमा बस्ने नेपालीको लागि भोटिङ राइट कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा कांग्रेस दृढ रहेको बताए ।

लोकतान्त्रिक नेपालको माध्यमबाट नेपालको विकास गर्नका लागि नेपालमा आएको परिवर्तन, शासन प्रणाली र संविधानलाई संस्थागत गर्ने चुनौती नेपालमा रहेको उनले बताए । यो चुनौतीको सामना गर्ने सामर्थ्य कांग्रेसमा मात्र भएको उनको दाबी छ ।

कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment