+
+

पाकिस्तानी टिमले किन मानेन प्रधानमन्त्रीको सल्लाह ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ७ गते १७:३०

काठमाडौं । विश्वकप क्रिकेटमा भारतसँग खेल्नु अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कप्तान सर्फराज खानलाई सल्लाह दिएका थिए कि टस जित्यो भने ब्याटिङ गर्नू ।’ क्रिकेट लेजेन्ड समेत रहेका प्रधानमन्त्रीले ट्वीटमार्फत दिएको सल्लाह महत्वपूर्ण थियो तर, सर्फराज ठीक उल्टो गरे ।

पाकिस्तानले टस त जित्यो तर फिल्डिङ रोज्यो । खेलमा पाकिस्तान हा¥यो । १९९२ मा विश्वकप जित्दा पाकिस्तानको कप्तान समेत रहेका प्रधानमन्त्रीको सल्लाह सर्फराजले किन मानेनन् ?

पाकिस्तानी खेलाडी मोहम्मद हाफिज भन्छन्, ‘यो टिमको निर्णय थियो र यसतो फैसला कुनै ट्वीटको आधारमा लिन सकिँदैन । हामीले राम्रो बलिङ गरेनौैं, त्यसैले हार स्वीकार्न बाध्य भयौं ।’

पाकिस्तानका पूर्व तीव्र गतिका बलर अकीब जावेद भने सर्फराज अहमद गल्तीले पाकिस्तानको कप्तान भएको मान्छन् । उनी राम्रो लिडर नभएको उनको बुझाइ छ । १९९२ को विश्व विजेता टोलीका सदस्य जावेद भन्छन्, ‘२०१५ देखि सर्फराज टिममा स्थान बनाउन संघर्षरत छन् । उनी गल्तीले कप्तान भए किनकी बोर्डले हरेक विश्वकपपछि परिर्वतन गर्छ ।’

हुन पनि पाकिस्तानले यो विश्वकपमा इंग्ल्याण्डविरुद्ध गरेको प्रदर्शनलाई छाड्ने हो भने विर्सनलायक छ । लगातार खराब प्रदर्शनपछि टिम नकआउट चरणमा पुग्न समेत कठिन देखिएको छ ।

हफिजले भने टिमको खराब प्रदर्शनका कारण सबै खेलाडी दुःखी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?