+
+
Shares

विना निर्णय सकियो नेकपा सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ७ गते १:०७

७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना कुनै निर्णय स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न विषयमा जानकारी गराएका थिए ।

लगतै प्रधानमन्त्री ओली इदुल फित्रको कार्यक्रममा जानु पर्ने भएकाले अरु विषयमा छलफल नै हुन नपाएको नेता बामदेव गौतमले बताए । उनले भने, ‘आज जानकारी लिने र दिने काम मात्र भयो । कुनै निर्णय भएन ।’

महासचिव विष्णु पौडेलका अनुसार राजनीतिक प्रतिवेदन कसरी सम्पादन भइरहेको छ भन्ने जानकारी गराएका थिए । साथै छिट्टै एकताका बाँकी काम सम्पन्न गर्ने निष्कर्ष निकालिएको उनले बताए ।

नेकपामा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने तयारी छ । प्रधानमन्त्री ओलीको युरोप भ्रमणअघि यसबारे लामो छलफल भएपनि मापदण्डबारे सहमति हुन सकेको थिएन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री तथा सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने पक्षमा देखिएका छन् । तर वरिष्ठ नेतामाधवकुमार नेपालले दोहोरो जिम्मेवारी दिन नहुने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?