Comments Add Comment

विश्वकप क्रिकेटमा आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

लर्ड्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल सुरु हुँदैछ । दुवै टिम जित हात पार्ने लक्ष्यमा छन् । विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने अवस्था छ ।

दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा इंल्ग्यान्डसँग १०४ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको दक्षिण अफ्रिकाले तेस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भयो । वेष्ट इन्डिजसँगको चौथो खेल भने पानीले विथोलिएको थियो । पाँचौं खेलमा भने उसले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । छैटौं खेलमा भने न्युजिल्यान्डसँग दक्षिण अफ्रिका चार विकेटले पराजित भएको थियो ।

यता, पाकिस्तानले भने आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको पाकिस्तानले तेस्रो खेल भने वर्षाको कारण श्रीलंकासँग अंक बाँडेको थियो । चौथो खेलमा अष्ट्रेलियासँग ४१ रनले पराजित भएको पाकिस्तान पाँचौैं खेलमा भारतसँग ८९ रनले हारेको थियो ।

आजको खेलमा पाकिस्तानलाई जित्नै पर्ने दबाव छ । दक्षिण अफ्रिकालाई पराजित गरे पाकिस्तानको पाँच अंक हुनेछ । र, बाँकी तीन खेलमा सबै खेल जिते पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । तर बाँकी कुनै खेलमा हारे पाकिस्तान बाहिरिनेछ । यता, दक्षिण अफ्रिकाको भने विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना अत्यन्तै कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment