Comments Add Comment

सर्लाही ‘भिडन्त’ले धनमाया हत्याको सम्झना आयो : जनार्दन शर्मा

८ असार, काठमाडौं । सत्तारुढ नेकपाका सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले यही असार ५ गते सर्लाहीको लालबन्दीमा भएको भनिएको भिडन्तबारे गम्भीर प्रश्न उठाएका छन् ।

राज्य व्यवस्था समितिको आइतबार बैठकमा सांसद शर्माले आफूले बुझ्दा सर्लाहीमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेललाई निर्मम ढंगले मारिएको पाइएको बताए । उनले अघि भने, ‘यो घटना हेर्दा मलाई त धनमायाको हत्या भएको सम्झना आयो, लली रोकाको हत्या भएको सम्झना आयो ।’

पौडेलको हातसमेत धेरै ठाउँमा भाँचिएको सूचना जनस्तरबाट आएको भन्दै उनले यसलाई पञ्चायती वरवरतासँग तुलना गरेका हुन् । ‘संविधान र कानुनभित्र कारवाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन । तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरु जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरताको जस्तो कुरा लाग्यो । सत्य के हो, त्यो चाहियो, सत्य यो हो भनेर भन्नुपर्‍यो जनतालाई ।’

सांसद शर्माले जनतालाई भड्काउने खालका घटनाहरु भइरहेको बताउँदै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने आशंका गरे । उनले यस्ता घटनालाई रोक्नुपर्नेमा जोड दिए ।

शर्माले भने, ‘विभिन्न ढंगले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी असफल गर्ने भनेर चौतर्फी रुपमा घेराबन्दी पनि भइराख्या छ । मास भड्काउने, जताबाट पनि गणतन्त्रमा ल्याएर जोडिदिने । यदि हामीले त्यसलाई सच्याउन सकेनौं, कारबाही गर्न सकेनौं भने, त्यसले राम्रो दिशातिर लैजाँदैन ।’

प्रहरीले घटनामा कुमारको समूहले गोली चलाएपछि आफूहरुले प्रतिरक्षाका लागि फायर गरेको दावी गरे पनि आफन्त र विप्लव समूहले भने नियन्त्रण लिएर कुमारको हत्या गरिएको बताएका छन् ।

कुमार पौडेल गोलीकाण्डबारे संसदीय समितिले गृहसँग छलफल गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment