Comments Add Comment

गुठी विधेयक पूर्ण रुपमा खारेज हुनुपर्छ : राप्रपा

८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ ।

केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले उक्त विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्ने बताए ।

राप्रपाको बैठकको निर्णयमा भनिएको छ ‘गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको सम्मान गर्दै पूर्ण रुपले खारेज गर्न माग गर्दैछ । ’

अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाए । थापाले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको पनि बताए ।

‘त्यो आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ, गुठी विधेयक आपत्तिजनक भएकाले जनताको भावनाको कदर गर्दै पूर्ण रुपमा खारेज गर्नै माग गर्दछु र नयाँ ल्याउन आग्रह गर्दछु ।’

राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment