+
+
Shares

बैठकमा सांसदले भने : ‘करप्रसाद’ र ‘छेरबहादुर’ !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते २१:०१

८ असार, काठमाडौं । संसदमा प्रतिपक्ष र सत्ता पक्षका सांसदह?ले एकअर्का दलका नेताह?को नाम बंग्याएर एकअर्काप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् ।

आइतबारको बैठकमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बंग्याएर बोले ।

विशेष समयमा बोल्दै उनले भने, ‘जथाभावी कर निर्धारण गरेर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारबाही हेर्दा उहाँले सधैं झूठको आश्वासन दिने, झूठको खेती गर्ने भएकोले अब उहाँको नाम झूठप्रसाद ओली उपनाम दिँदा केही फरक पर्नेवाला छैन ।’

यसमा नियमापत्ती जनाउँदै नेकपाका सांसद झपट रावल बोल्न आफ्नो आसनबाट उठे । तर, सभामुख कृष्णबहादुर महराले ‘पछि बोल्नुहोला’ भन्दै रावललाई रोके र चन्दा चौधरीलाई बोल्न समय दिए । त्यसपछि प्रदीप यादव, प्रेम सुवाल र राजेन्द्रकुमार केसी बोलिसकेपछि मात्र रावलको पालो आयो ।

रावलले पनि पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको नाम बंग्याइदिए । आफूह? नेपाली जनताको प्रतिनिधि भएकाले भाषा सभ्य हुनुपर्छ भन्दै उनले भने, ‘प्रतिपक्ष दलको नेता ज्यू, जो हामीले आदर गर्छौं, सम्मान गर्छौं हामीले पनि उहाँको नाम शेरबहादुर नभनेर छेरबहादुर भन्न यदि बाध्य भयौं भने के हुन्छ ?’

अमर्यादित र असभ्य भाषा प्रयोग गरिएको भन्दै रावलले त्यसलाई रेकर्डबाट हटाउन माग गरे ।

सभामुख महराले ‘विषय गम्भीर’ भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए । उनले तत्कालै रेकर्डबाट हटाउन निर्देशन भने दिएनन् । तर, सभामुख महराले भने, ‘मैले के गर्ने त्यो निर्णय पछि गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?