+

अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

२०७६ असार  ९ गते ६:५४ २०७६ असार ९ गते ६:५४
अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

९ असार, काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज विहान समूह बि को खेलमा अर्जेन्टिनाले कतारलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्‍याउन लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरे ।

अर्जेन्टिनाले खेलको चौथौं मिनेटमा नै गोल गर्दै अग्रता बनायो । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए । त्यस्तै, उनकै गोलको मद्दतमा अर्जेन्टिनाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । खेलको ८२औं मिनेटमा सर्जियोले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाएको हो ।

आज बिहान नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । कोलम्बियाले सबै खेलमा शतप्रतिशत जित हात पारेको हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय