Comments Add Comment

वीरगञ्जमा मुआब्जा नदिई सडक विस्तार गर्न पाइदैन : कांग्रेस

९ असार, वीरगञ्ज । नेपाली कांग्रेसले मुआब्जा दिएर मात्र वीरगञ्जको सडक विस्तार गर्न माग गरेको छ । विस्तार गर्दा सडक क्षेत्र दायाँ बायाँ १५/१५ मिटर मात्रै कायम गर्नुपर्ने र त्यसको पनि मुआब्जा दिनुपर्ने माग कांग्रेस नेताहरुले गरेका हुन् ।

सोमबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले वैकल्पिक सडक बनिसकेकोले वीरगञ्जको मुख्य सडक ५० मिटर चौडा गर्नु आवश्यक नभएको बताए ।

सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार सडक चौडा गर्नेबारे १५ दिने सूचना जारी गरेपछि त्यसको प्रतिक्रियामा कांग्रेसले मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्ने बताएको हो ।

कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले सरकारले सनकमा वीरगञ्जलाई तहस नहस गर्न खोजेको आरोप लगाए । ‘मुख्य बजार क्षेत्रका घर भत्कन्छ, वीरगञ्जका सारा मठ मन्दिर भत्काउनुपर्छ’ उनले भने ‘कुनै व्यक्तिको निजी पैतृक सम्पत्ति राज्यले मुआब्जा नलिई लिन कसरी पाइन्छ ? मुआब्जा दिएर मात्रै तोडिनुपर्छ । कलंकी, थानकोटमा सडक विस्तार गर्दा मुआब्जा दिएर तोडिएको छ ।’

चौरसियाले वैकल्पिक सडक बनेका कारण वीरगञ्जको मुख्य बजारमा ६ लेखनको सडक आवश्यक नभएको तर्क गरे । ‘कष्टम अफिस नै सिर्सिया जाँदैछ, वीरगञ्ज परवानीपुर सिक्स लेन सडक निर्माणाधीन छ, बाइपास सडक ६ लेनको बनिरहेको छ ।

सेकेन्ड वाइपास सडक छ, अर्को फोर लेन सडक छ’ उनले भने ‘विल्ड अप क्षेत्रमा १५/१५ मिटर फराकिलो गर्न सकिने कानुनी व्यवस्था छ, र हाम्रो आवश्यकता पनि त्यति नै हो ।’

सरकारले बल प्रयोग गरेर अगाडि बढेमा नगरबासीको सल्लाह अनुसार अगाडि बढ्ने उनको भनाइ छ ।

कांग्रेसकै अर्का नेता अनिल रुंगटाले मुख्य सडकको विकल्पमा सडक बनिसकेकोले सडक विस्तार गर्दा सरकारले ध्यान दिनुपर्ने बताए । ‘हामी विकास विरोधी होइनौं, मुख्य सडकमा घर भएर सडक विस्तारको विरोधमा उभिएका पनि होइनौं । मेरो एक धुर जमिन पनि छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment