
९ असार, काठमाडौं । विश्पकपमा उतारचढावपूर्ण प्रदर्शन गरिरहेको पाकिस्तानलाई लड्समा पाएको जितले थोरै राहत दिएको छ ।
तर, न त उसको सेमिफाइनल प्रवेश सहज छ, न खेल चित्त बुझ्दो छ । ब्याटिङ र बलिङमा समस्या त छँदैछ, फिल्डिङ झन झुर छ । दक्षिण अफ्रिकासँग भएको खेलका क्रममा मात्र उसले ६ क्याच ड्रप गरेको पूर्व कप्तान वसीम अकरमले बताए । कसरी भन्ने जीओ टीभीको प्रश्नमा उनले भने, ‘हाम्रा खेलाडीहरुले बल आउँदासम्म पर्खिएनन्, अगाडि नै छलाङ हाने ।’
हुन पनि हो, यो प्रतियोगितामा मात्र पाकिस्तानले १४ क्याच ड्रप गरेको छ । विश्वकपमा क्याच ड्रपको मामिलामा सबैभन्दा अगाडि छौं । यसलाई समाधान गर्नुपर्ने अकरमले बताएका छन् ।
क्याच ड्रपको मामिलामा भारतको अवस्था सबैभन्दा राम्रो छ । उसले मात्र एउटा क्याच ड्रप गरेको छ ।
यसैगरी इंग्ल्यान्डले १२, न्युजिल्यान्डले ९, दक्षिण अफ्रिकाले ८, वेष्ट इन्डिजले ६, अष्ट्रेलिया र बंगलादेशले समान ४–४, श्रीलंकाले तीन, अफगानिस्तानले दुई क्याच छोडेको द क्रिज भिज एनलाइष्टले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4