+
+
Shares

एमाले महाधिवेशन : प्रतिनिधि २४ सय, स्वयंसेवक १० हजार

एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन् । संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि संख्या यकिन गर्दै छनोट गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको ११औँ महाधिवेशन मङ्सिर २७ गते भक्तपुरको खुल्लाचौरमा उद्घाटन हुँदैछ र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।
  • महाधिवेशनमा दुई हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् जसमा केन्द्रीय कमिटी, आयोगका पदाधिकारी स्वतः प्रतिनिधि छन्।
  • स्वयंसेवक १० हजार परिचालित हुनेछन् र मञ्च व्यवस्थापनका लागि खुल्लाचौरमा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ।

२२ मंसिर, काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन् । संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि संख्या यकिन गर्दै छनोट गरिएको छ ।

एमालेले प्रतिनिधि सभा अन्तर्गतको निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिध चयन गरेको छ ।

२९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् २५ सदस्यीय छ ।

केन्द्रीय कमिटी, आयोग तथा निकायका पदाधिकारी एवम् सदस्य भने स्वतः प्रतिनिधि भएका छन् । बाँकी प्रतिनिधि भने चुनावी विधिबाटै छानिएर, चुनिएर आएका हुन् ।

प्रदेश स्तरीय कमिटीबाट दुई जना महिला सदस्यससहित पाँच जनाका दरले ४५ जना चुनिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्य बराबार ४० वर्षमुनिका एक युवा, कम्तीमा एक जना महिलासहित ४ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

महाधिवेशनमा स्वयमसेवक भने १० हजार परिचालित हुँदैछन्। स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट तयार पारिएको छ । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको काम गर्नेछ ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ । उक्त समितिमा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत रहेका छन् ।

सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । उक्त चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिएका छन् ।

उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गर्ने गरी व्यवस्थापन गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?