Comments Add Comment

साराको सफलताको सूत्र 

बलिउड अभिनेता सैफ अली खान तथा अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खानले अघिल्लो वर्ष प्रदर्शन भएको फिल्म ‘केदारनाथ’बाट बलिउडमा आफ्नो करियर थालेकी थिइन् । त्यसपछि साराले अभिनय गरेको दोस्रो फिल्म प्रदर्शन भयो ‘सिम्बा’ को रुपमा ।

दुबै फिल्मले बलिउड अफिसमा अत्यधिक सफलता हाँसिल गरे । सारा अली खान छोटो समयमै बलिउडकी टप अभिनेत्रीको लिस्टमा समावेश भैसकेकी छिन् । सारा प्रायः आफ्नो ड्रेसिङ सेन्स तथा फोटोका कारण चर्चामा आइरहन्छिन् ।

हालै एउटा अन्तर्वार्ताको क्रममा साराले एउटी अभिनेत्रीको रुपमा फिल्म साइन गर्नु भन्दाअघि आफ्नो भूमिकाप्रति ध्यान दिने बताएकी छिन् । उनी भन्छिन्-‘म आफ्नो करियरलाई एउटा नयाँ च्यापरको रुपमा हेर्छु । मेरो लागि अभिनय निकै गहन कुरा हो ।

मलाई लाग्छ राम्रो काम गर्दै आफ्नो लोकपि्रयतालाई कायम राख्नु पनि उत्तिकै अनिवार्य छ ।’ ‘एउटा कुरा, जुन मेरो लागि निकै जरुरी छ, त्यो हो विश्वास, साराका अनुसार कुनै पनि चलचित्रको उनले निर्वाह गर्नुपर्ने भूमिका, उनलाई निर्देशन गर्ने निर्देशक तथा उक्त चलचित्रको स्किप्ट । ती सबै कुरामा विश्वास हुनु अनिवार्य छ ।

पछिल्लो समय सारा इम्तियाज अलीको निर्देशनमा बनिरहेको फिल्म ‘लभ आजकल’ को सिक्वेलको छायांकन व्यस्त छिन् । उक्त फिल्ममा साराका साथमा कार्तिक आर्यन पनि मुख्य भूमिकामा छन् । यसबाहेक सारा डेविड धवनको नयाँ फिल्म कुली नम्बर वानको वरुण धवनसंगै देखिने छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment