Comments Add Comment

शिल्पाको दाबी–‘दर्शकले रुचाउनु नै मेरो सफलता’

नायिका शिल्पा मास्केले अभिनय गरेका दुई चलचित्र नै व्यापारिक रुपमा असफल ठहरिए । डेब्यु चलचित्र ‘दि ब्रेकअप’ र दोस्रो चलचित्र ‘कागजपत्र’ले बक्स अफिसमा कमाल गर्न सकेनन् । यी दुई चलचित्र चलिदिएको भए शिल्पा अहिलेकी डिमाण्डे नायिका भैसक्ने थिइन् ।

व्यापारिक रुपमा चलचित्र असफल भएपनि शिल्पाको कामको भने प्रशंसा नै भएको थियो । शिल्पा सोही कुरालाई आफ्नो सफलता मान्छिन् । उनले भनिन्–‘दर्शकले मेरो कामलाई मन पराउनुभएको छ भने त्यो नै मेरो सफलता हो ।’उसो भए, चलचित्र व्यापारिक रुपमा नचल्दा शिल्पालाई असर गरेको छैन त, भनिन्–‘पक्कै गर्छ । मलाई मात्र हैन पूर्ण टिमलाई नै गर्छ । सकेसम्म व्यापारिक रुपमा पनि चलचित्र सफल होस् भन्ने हामीलाई हुन्छ नै ।’

शिल्पा अहिले आफ्नो तेस्रो चलचित्र ‘सानो मन’ रिलिजको पर्खाइमा छिन् । यस चलचित्रमा पनि उनले मुख्य भूमिका निर्वाह गरेकी छिन । यो चलचित्रबाट भने शिल्पा दर्शकको प्रशंसा मात्र होइन, व्यापारिक सफलता पनि चाख्ने दाउमा छिन् ।
असारको २० गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रमा उनको जोडीको रुपमा नायक आयुष्मान देशराज जोशीले काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment