Comments Add Comment

शिवले पाकिस्तानमा अवार्ड पाउँदाको त्यो क्षण

नायक शिव श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा ‘एक्सन स्टार’को रुपमा परिचित छन् । ‘जीवन रेखा’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका शिव श्रेष्ठले धेरै सफल चलचित्रमा काम गरेका छन् । झण्डै ४ दशक बढि समय चलचित्र क्षेत्रमा समय बिताएका शिवले नेपालमा आयोजना हुने विभिन्न अवार्डहरु पनि जितेका छन् ।

नेपालमा मात्र हैन्, शिव श्रेष्ठ पाकिस्तानी चलचित्रको पनि स्टार हुन् । उनले पाकिस्तानी चलचित्रमा पनि बलियो उपस्थिती जनाएका छन् । शिव श्रेष्ठलाई पाकिस्तानी दर्शकले पनि खुबै रुचाएका थिए ।

शिव श्रेष्ठले पाकिस्तानी चलचित्रबाट पनि ‘राष्ट्रिय अवार्ड’हरु जितेका छन् । त्यहाँ उनले २५ वटा चलचित्रमा काम गरेका छन् । २५ वटा चलचित्रमा काम गर्दा उनले ५ वटा चलचित्रबाट राष्ट्रिय अवार्ड जितेका छन् । पाकिस्तानमा पहिलो पटक अवार्ड जित्दाको रमाइलो किस्सा उनीसँग छ ।

पाकिस्तानी चलचित्रको राष्ट्रिय अवार्ड कार्यक्रम भइरहेको थियो । भव्य हलमा पाकिस्तानका ठुला ठुला नेतादेखि अभिनेताहरुसम्मको बाक्लो उपस्थिती थियो । शिव श्रेष्ठ पनि उत्कृष्ट नायकको मनोनयनमा थिए । त्यसैले पनि उनले त्यहाँ उपस्थिती जनाएका थिए ।

शिव श्रेष्ठलाई आफूले अवार्ड जित्ने कुरामा आशै थिएन । उनी आफ्ना समकालिन साथीहरुलाई हौसला दिनको लागि त्यहाँ उपस्थित भएका थिए । अवार्ड वितरण भइरहेको थियो । शिव श्रेष्ठ ताली बजाइरहेका थिए । त्यस्तैमा, पालो आयो उत्कृष्छ नायकको । कार्यक्रम संचालकले उत्कृष्ट नायकको नाम घोषणा गरे, ‘शिव श्रेष्ठ’ । शिव एकछिन आचार्य चकित परे । आवज फुरेन । वरिपरी हेरे । सबैले शिवलाई हेरेर ताली बजाइरहेका थिए । शिव छक्क परे । उनी उठे र स्टेज तर्फ लम्किए ।

उनी बसेको ठाउँबाट स्टेज पुग्न धेरै टाढा थिएन । तर, उनलाई स्टेज पुग्न एक दिन लागेको जस्तै भयो । शिव श्रेष्ठले भने, ‘स्टेजबाट म बसेको ठाउँ लगभग १ सय मिटर टाढा थियो होला । तर, मलाई स्टेज पुग्न एक दिन पूरै लागे जस्तो भयो । खुट्टा पुरै काँपेको थियो । म खुबै डराएको थिएँ ।’

उनलाई अवार्ड त्यहाँको विशिष्ट व्यक्तीहरुले दिए । उनले हात कमाउँदै अवार्ड थमाए र त्यो अवार्ड सम्पूर्ण नेपालीलाई समर्पित गरे । उनी भन्छन्, ‘मैले पाएको त्यो अवार्ड मेरो लागि मात्र थिएन । नेपाली कलाकारले जित्यो भन्ने थियो । त्यसैले नेपालीलाई समर्पित गरेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment